Comments Add Comment

Advertisment

SKIP THIS

ड्रोन आक्रमण परेर हमासका सहायक कमाण्डरको लेबनानमा मृत्यु

१८ पुष, काठमाडौ । ड्रोन आक्रमणमा परेर जागाको लडाकु दस्ता हमासका सहायक कमाण्डरको लेबनानमा मृत्यु भएको छ ।

हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानको राजधानी बेरुतमा मङ्गलवार राती भएको ड्रोन हमलामा मृत्यु भएको हो । इजरायलले हालसम्म कुनै औपचारिक जिम्मेवारी नलिए पनि ड्रोन आक्रमण इजरायलले गरेको लेबनानी अधिकारीहरूलाई उद्धृत गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

सन २००६ पछि बेरुतमा इजरायलको यो पहिलो आक्रमण हो । सन २००६ मा भएको लेबनानसँगको युद्धमा इजरायलले बेरुतमा आक्रमण गरेको थियो । मङ्गलवार मारिएका हमासका सहायक कमाण्डर हमासको सैन्य दस्ता निर्माणका स्थापनाका कमाण्डर थिए ।

हमासका नेता इज्जत अल रिक्सले बेरुतको इजरायली आक्रमणले इजरायल गाजामा सफल नभएर बाहिरी देशमा आक्रमण गर्न पुगेको देखाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment