Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल रिपब्लिक मिडियाको आईपीओ सर्वसाधारणका लागि खुला

२८ जेठ , काठमाडौ । नेपाल रिपब्लिक मिडियाले शुक्रबारबाट सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता आईपीओ खुला गरेको छ ।

सर्वसाधारणले आउँदो मंगलबारसम्म आईपीओ भर्न सक्नेछन् । लगानीकर्ता सर्वसाधारणले रिपब्लिक मिडियाको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । नेपाली मिडियाको इतिहासमा पहिलोपटक रिपब्लिक मिडियाले शेयर जारी गरेको हो ।

कम्पनीले जारी पुँजीको ४४.९९ प्रतिशत शेयर जारी गरेको हो । धितोपत्र बोर्डबाट पाएको स्वीकृति अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले ४३ करोड ५३ लाख रुपैयाँबराबरको ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । रिपब्लिक मिडियाले आईपीओ निष्कासन गर्ने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र कर्मचारीका लागि निष्कासन गरिएको थियो ।

रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले अहिलेसम्म लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको बताइन् । शिलापत्रसँगको कुराकानीमा निर्देशक ज्ञवालीले पहिलो दिन नै करिब ५० प्रतिशत कित्ता बिक्री भएको पनि दाबी गरिन् । ज्ञवालीले भनिन्, ‘कम्पनीप्रति सर्वसाधारणले विश्वास गरेर नै उत्साहजन सहभागिता जनाइरहनुभएको छ । यसले मिडियाको भविष्यमात्र होइन, समाचारमा सर्वसाधारणको साझेदारी हुने बाटो पनि खुला भएको छ ।’ लगानीकर्ताले ३० जेठसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

३० जेठसम्म मागअनुसार आवेदन नपरे ८ असारसम्म आवेदन खुला रहनेछ । रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट भने गत बुधबार गरेको थियो । साथै, कर्मचारीका लागि छुट्टाइएको आईपीओमा पनि शतप्रतिशत सहभागिता रहेको छ । सर्वसाधारणलाई छुट्ट्याइएको शेयरमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १ सय २० कित्ता आईपीओ कर्मचारीका लागि छुट्टाइएको थियो । २ लाख १७ हजार ६ सय ५० कित्ता आईपीओ सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment