Comments Add Comment

Advertisment

SKIP THIS

२५ वर्षीय युवकको हत्या

४ पुष काठमाडौ । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या गरिएको छ ।

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए ।

हत्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको छ । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।

हत्यामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको डिएसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment