१२ पुष काठमाडौ । Modernization and Improvement of Policing Project ( MIPP) परियोजना अन्तर्गत UNOPS द्वारा प्रदेश नं. २ प्रहरी तालिम केन्द्रमा नव निर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृहको प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख अतिथ्यतामा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रदेश नं. २ प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्की, जिल्ला सप्तरीका प्रमुख जिल्ला अधिकारी , राजविराज नगरपालिकाका नगर प्रमुख , हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख ,तिलाठी कोइलाडी गाउँ पालिकाका अध्यक्ष रुपनी गाउँ पालिकाका अध्यक्ष UNOPS बाट प्रोजेक्ट म्यानेजर कोमल कार्की सिनियर पोलिस एडभाइजर कुमार कोइराला , प्रोजेक्ट कोअर्डिनेटर इन्द्र न्यौपाने प्रदेश नं. २ तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल,भीमदल गण राजबिराजका कार्यालय प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका उप- अनुसन्धान निर्देशक , जिल्ला प्रहरी कार्यालय का प्रमुख हरु , प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी हिमालय श्रेष्ठ पत्रकार संघ,बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधीहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रममा प्रदेश नं. २ तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रमुख अतिथि एवं अन्य अतिथिहरु प्रति स्वागत मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिलालेख अनावरण गरी नव निर्मित भवनहरू को समुद्घाटन गर्नु भइ भवन निर्माण कार्य मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्बन्धित सबैमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

साथै विभिन्न क्षेत्रमा बाट योगदान पुर्याउनु हुने इन्जिनियर तथा प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण तथा अमुल्य मन्तव्य समेत राख्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रदेश नं. २ प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले प्रमुख अतिथि तथा अन्य अतिथिहरु प्रति धन्यवाद मन्तव्य राख्नुभएको थियो ।



