Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

श्रावन १ ,काठमाडौ । प्रहरीले १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ३८ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।

उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो। श्रेष्ठले बालिकालाई कमलबिनायक बसपार्कको शौचालय नजिकै शनिबार राति बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै