Comments Add Comment

Advertisment

SKIP THIS

इटहरीको विवाहमा झडप :जन्तीले कुटेर बेहुली पक्षका युवकको मृत्यु

१० वैशाख , काठमाडौ । इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ । इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कुटपिट हुदा भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो ।

पटेल केटी पक्षका आफन्त हुन । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो । विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ कै २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह छन् ।

प्रहरीका अनुसार चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।‘विवाह उत्सवमा मृतकलाई चोरीको आरोप लागेपछि कुटपिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भने गम्भीर अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा मृत्यु भयो उनी भन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment