Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

१० फागुन , काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा–६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४प ९१७१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको चालक जलेश्वर न.पा–७ बस्ने ३३ वर्षीय शम्भु साह चढेको बिआर ०६ बी ७०२१ नंको मोटरसाइकल मटिहानी नपा–९ मा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनापश्चात दुई जना सवार मोटरसाइकल पछाडि बस्ने फरमान गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकामा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment