
१९ मंसिर , काठमाडौ । गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीकोे शब्द तथा मिलन कै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको डान्स छ भने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा सुबोल थापाको कोरियोेग्राफी, बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमल्सिनाको लगानी छ ।








