Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक शेखर खड्का सम्मानित

१९ मंसिर , काठमाडौ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको स्थापना दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर खड्का सम्मानित भएका छन् ।

नगरपालिकाको आठौं नगरपालिका स्थापना दिवसको अवसर पारेर इन्स्पेक्टर खड्कालाई मंसिर १६ गते बिहीबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । बागमति प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाले इन्स्पेक्टर खड्कालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

विगत १४ महिनादेखि ईलाका प्रहरी कार्यालय मंगलटारको नेतृत्व गर्दै आएका इन्स्पेक्टर खड्काले नमोबुद्ध नगरको शान्ति सुरक्षा तथा सुशासनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै