
१९ मंसिर , काठमाडौ । इटहरीमा घरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

इटहरी विराटनगर लाइन स्थित राधाकृष्ण मन्दिर अगाडीको एक घरको छतबाट खसेर ८० बर्षिया वृद्धाको मृत्यु भएको हो ।

स्थानिय सम्भु कार्कीको घरमा करिब ८ बर्ष देखी भाडामा बस्दै आएका ८० बर्षिया वृद्धा सुमित्रादेवी भुपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि खगेन्द्र खड्काले न्युज24ग्यालेक्सी लाईजानकारी दिएका छन् ।
छतबाट खसेर घाइते भएकी उनको इटहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले बताएको छ ।



