२० मंसिर, काठमाडौ । गोरखा सिरानचोक गाउँपालिकाका पूर्व कार्यकारी प्रमूखले खानेपानीको टेन्डर पार्दिन्छु भन्दै लाखौँ पैसा ठगी गरेका छन ।

समाजका निम्ती काम गर्छूृ भन्दै कार्यकारी प्रमुख बनेका नेत्र मणी न्यौपानेले गाउँपालिका मै ठगी सरु गरेको खबर न्युज२४ग्यालेस्सीलाई प्राप्त भएको छ ।

उनले यति मात्र गरेनन् टेन्डर सहित गोरखा गाउँपालिका हार्डवयरहरुबाट सामान समेत ओसार पसार गरेर ठगी धन्दा गदै आएको स्थानियले गुनासो गरेका छन् ।
खानेपानी टेन्डर पार्दिन्छु भन्दै जनसमुदायमा आशा देखाउदै उनले एक व्यक्तीसगं २० बोरा पि पि सि सिमेन्ट लगायत हाडवयर सम्बन्धि सामान लगी स्थानियमा ठगी धन्दा सुरु समेत गरेको पाईएको छ । नेत्र मणीको व्यक्ती सगंं लाखौ रुपैया ठगी गदै आएको प्रत्यक्ष भिडियो हामीले केहि समयमा टि भी कास्ट गर्नेछौ ।








