Comments Add Comment

Advertisment

SKIP THIS

गोरखामा भरुवा बन्दुक सहित तीन जना पक्राउ

३१ असार , काठमाडौ । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका-९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल बहादुर घर्ती रहेका छन् ।

शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध आइतबार हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

अवैध रुपमा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुको घरमा एकरएक थान भरुवा बन्दुक फेला परेको उनले जानकारी दिए । उक्त बन्दुकहरु प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment