२३ मंसिर काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएको हो ।
नीजि सचिवालयका अनुसार ओली अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएकै कारण ओलीले प्रेस चौतारीको कार्यक्रममा सहभागिता नजनाउने भएका छन् । सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।



