Comments Add Comment

Advertisment

SKIP THIS

नगद र सुनका गहना चोरी

२८ मंसिर काठमाडौ । जिल्लााको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी छ लाख रुपैयाँ बढीको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी छ लाख १७ हजार रुपैयाँ बराबरको धनमाल चोरेका छन् ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ । महोत्तरीमा विगत दुई(तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment