Comments Add Comment

Advertisment

SKIP THIS

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली

२९ मंसिर काठमाडौ । उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।

यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफैँ उद्योग–उद्योगमा पुगेर धमाधम बिजुली दिन थालेका हुन् ।

‘इन्डस्ट्रियल लोड पछिल्लो एक महिनामै १०० मेगावाटले बढेको छ,’ घिसिङले भने, ‘उत्पादित बिजुली खपत बढाउन नसकेको समयमा उद्योगले मागेजति बिजुली पाउन थालेका छन् ।’ उनले उद्योगबाट आएको मागलाई १५ दिनदेखि एक महिनामै स्वीकृत गर्ने गरेको जानकारी दिए । भने, ‘उद्योगले यति बिजुली चाहियो भनेको १५ दिनभित्रै लोड स्वीकृत गर्छौं । नभए एक महिनाभन्दा ढिलो जाँदैन ।’

यतिबेला उत्पादनमूलक उद्योगले मागेजति बिजुली सहजै स्वीकृत हुन थालेको छ । प्राधिकरणले उद्योगको आवश्यकता अनुसार १३२ किलो भोल्ट (केभी) र २०० केभी बिजुली उद्योगमै पुर्याउन थालेको छ ।

‘उद्योगले मागेअनुसार उनीहरूकै प्राङ्गणसम्म बिजुली पुर्याउन थालेका छौं,’ घिसिङले भने, ‘तर, यति ठूलो लोड जम्मा तीन÷चार वटा उद्योगले मागेका छन् । अधिकांश उद्योगले १० मेगावाटभन्दा कम बिजुली माग्छन् ।’
होङ्सीलाई ३० र ह्वासिनलाई २० मेगावाट बिजुली

सुरुमा ६० मेगावाट बिजुली लिने भनेको चिनियाँ लगानीको होङ्सी सिमेन्टले समेत मागेजति बिजुली चलाउन सकेको छैन । नवलपरासीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टले आफूलाई ६० मेगावाट बिजुली चाहिने बताएपनि दैनिक बढीमा २० मेगावाटसम्म बिजुली मात्रै खपत गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

होङ्सीलाई प्राधिकरणले कात्तिक २८ गते १३२ केभीको प्रसारणलाइनमार्फत ३० मेगावाट विद्युत दिन थालेको थियो । प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइन चार्ज गरेर विद्युत आपूर्ति गरेको थियो । तर, उद्योगले अहिले दैनिक २० मेगावाटसम्म मात्रै बिजुली खपत गरिरहेको घिसिङले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै