Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति बिद्यादेवी भण्डारी पोखरामा, सुरक्षा ब्यवस्था कडा

३१ साउन , काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ। विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।

मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा ब्यस्त राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरिक्षणसमेत गरेकी थिइन ।

नागरिकता बिद्येयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता बिद्येयक सदनमा नै फिर्ता गरिदिए पछि बिभाजित प्रतिक्रिया आईरहेका छन भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसुची छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

राष्ट्रपति भण्डारी पोखरामा

Advertisment

छुटाउनुभयो कि? सबै

राष्ट्रपति भण्डारी पोखरामा