२९ आषाढ ,काठमाडौ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौँले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा उनलाई छाड्न आदेश दिएको हो ।
उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौँले १०र१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
प्रहरी वृत्त, गौशालामा पुरानो साथी खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेपछि उनीविरुद्ध किटानी जाहेरी परेको थियो । र, ६ असारमा उनी पक्राउ परेकी थिइन् ।