Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै : एआईजी श्याम ज्ञवाली

१६ चैत , काठमाडौ । देशकै सबैभन्दा संवेदनशील र महत्वको ठाउँ मानिएको संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीले आज जिम्मेवारी सम्हालेका हुन् ।

नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा भई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले आज पदभार ग्रहण गर्नु भएको छ ।

राजधानीमा मौलाएको अपराधलाई निर्मूल पार्ने जिम्मेवारी एआईजी श्याम ज्ञवालीले पाएका छन् । संगठनको निवर्तमान नेतृत्वका कारण लथालिंगर अस्तव्यस्त भएको संगठनको साख जोगाउने वर्तमान नेतृत्वको अभियानमा साथ दिनेगरी ज्ञवालीले जिम्मेवारी पाउनु संगठनभित्र कम राजनीतिक हस्तक्षेप र मुलुकको शान्तिसुरक्षाको अवस्थामा सुधारको संकेत पनि हो ।

नेपाल प्रहरीको इतिहासमा उपत्यकाका प्रमुख काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका ज्ञवाली प्रहरी अधिकृत पनि हुन् । यसैबाट पनि उनको क्षमता, दक्षता अनि कमाण्ड पुष्टी हुन्छ । काठमाडौं परिसरको जिम्मेवारी लिई उत्कृष्ट कार्यसम्पादन गरिसकेका ज्ञवाली उपत्यकाको वस्तुस्थितिबारे पूर्ण जानकार छन् ।

एआईजी ज्ञवालीलाई पछिल्लो समय उपत्यकामा संगठीत रुपमै अवैध जुवा, मिटरब्याज, सहकारीको नियोजित ठगी, संगठित रुपमा सुुन तस्करी, वेश्यावृत्तिको र्याकेट, क्लब र डिस्कोथेकमा दिनहुँ बाउन्सरबाट गेस्टको रामधुलाई, वृत्तका प्रहरी असुलीमा व्यस्त जस्ता संगठीत अपराधको जालो च्यात्न चुनौति पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै