Comments Add Comment

Advertisment

SKIP THIS

लागु औषधसहित २ युवा पक्राउ

२९ मंसिर काठमाडौ । रुपन्देहीमा प्रहरीले लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह नगरपालिका वार्ड २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई लागु औषध सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी पक्राउ गरिएको जनाएको छ । प्रहरीले थप अनुसन्धानको लागि कानुनी प्रक्रिया सुरु गरेको प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment