२६ साउन ,काठमाडौं । चन्द्रागिरीबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ३ किलो २ सय ५० ग्राम गाँजासहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने ४५ वर्षीय गीताप्रसाद ढुङ्गानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, मोबाइल चोरी अभियोगमा बिहीबारदेखि प्रहरी प्रभाग गोङ्गबुको नियन्त्रणमा रहेका काठमाडौँ महानगरपालिका २६ गोगंबु मित्रनगर डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका ४ घर भएका २९ वर्षीय सुशान्त डुम्जनको कोठाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १७ ट्याबलेट र १ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



