Comments Add Comment

नेपाली सेनाको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम शुरु

१८ पुष ,काठमाडौ । नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको ६ दिने अभिमुखिकरण तालिम शुरु भएको छ ।

आइतबार सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वाटरमा कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शुभारम्भ गरेको अभिमुखिकरण कार्यक्रममा विभिन्न सञ्चार माध्यमका १९ जना रक्षा संवाददाताहरु सहभागी रहेका छन् । उक्त कार्यक्रम २३ गतेसम्म चल्ने छ ।

नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ संचालन गरिएको कार्यक्रममा पश्चिम कमाण्ड हेडक्वाटरका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त अभिमूखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै दैलेख जिल्लास्थित गढी, भेरी डाईभर्सन तथा बर्दिया राष्ट्रिय निकुञ्जको फिल्ड भिजिट समेत गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै