Comments Add Comment

Advertisment

SKIP THIS

टोखा र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने

२१ पुष, काठमाडौ । लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताको उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएको छ ।

त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तीन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले बताए । जिल्लाकै सर्वाधिक राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताका विजेताले ५ लाख , त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।

सेमिफाइनल पुगेका २ टिमलाई नगद ५०(५० हजार दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५(१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी युवा क्लवको आयोजनामा यहि १२ पुसबाट बेंसीशहरको सहजी खेलमैदानमा सुरु भएको राष्ट्रव्यापी २९औँ त्रिवेणी कप प्रतियोगितामा देशभरमा १८ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै