Comments Add Comment

Advertisment

SKIP THIS

‘नारायणहिटीमा रेस्टुरेन्ट चलाउन रोकेर राम्राे गर्नुभाे’ भन्दै प्रधानमन्त्रीले दिए मन्त्री आलेलाई धन्यवाद

२२ पुष , काठमाडौ । नारायणहिटी दरबार संग्रहालय परिसरमा निजी व्यवसायीलाई भाडामा दिएर रेस्टुरेन्ट व्यवसाय चलाउन खोज्दा पर्यटनमन्त्री प्रेम आलेले रोक लगाएका छन् । मन्त्री आलेले राम्रो गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

ऐतिहासिक महत्वको दरबार संग्रहालयभित्रै व्यवसाय चलाउने तयारी भइरहेको समाचार बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो । पूर्ववर्ती सरकारमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा उक्त जग्गा भाडामा दिने सम्झौता भएको बताइन्छ । यद्यपि पूर्वमन्त्री भट्टराईले यसमा आफ्नो संलग्नता नरहेको बताएका छन् । यसरी दरबार परिसरभित्रै व्यवसाय सञ्चालन गर्न लागेको थाहा पाएपछि वर्तमान पर्यटनमन्त्री आलेले उक्त निर्णय कार्यान्वयन गर्न रोक लगाएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएको मन्त्री आलेले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री आलेले धेरै राम्रो निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले उनको प्रशंसा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment