
काठमाडौं, २ माघ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले गठबन्धन सरकारलाई व्यङ्ग्य गर्दै चितवनको जंगलमा पाईने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल भएको बताएका छन् ।
उनले सामाजिक संजालमा लेख्दै पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नो खेतको क्षेत्रफल बढाउदै लगेको र ओमीक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाएको समेत बताएका छन् ।
पुर्वमन्त्री समेत रहेका नेता बाँस्कोटाले लेखेका छन्, ‘पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नोखेतको क्षेत्रफल बढाउदै लगेको र ओमीक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाइॅंदो रहेछ।सबै ठीक पार्छु भन्थे त देउवा खुट्खवर नै छैन। लौन,परमादेशी डाक्टर र झांक्री बोलाइदेऊ। चितवनको जंगलमा पाईने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल ।’



