Comments Add Comment

Advertisment

SKIP THIS

२२ हजार ८२८ परीक्षण गर्दा १० हजार २५८ जना नयाँ सङ्क्रमित थपिए

४ माघ , काठमाडौ । पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

१७ हजार ८७२ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७३० जनामा र ४ हजार ९५६ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.२ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै