Comments Add Comment

Advertisment

SKIP THIS

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लगाए आरोप ‘प्रधानमन्त्री गठबन्धनको बन्दी,

७ माघ , काठमाडौँ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाप्रति असुन्तुष्ट पोख्दै यस्तो बताएका हुन ।

नेता पोखरेलल वहालवाला मन्त्रीले गौर नरसंहार दोहो¥याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड)तर्फ लक्षित गर्दै ‘गठबन्धनको सूत्राधार हुँ’ भन्नेले समेत केही बोल्न नसकेको आरोप लगाएका छन् । ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्, बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ नेता पोखरेलले प्रश्न गरेका छन् ।

२०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहो¥याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै