
१३ माघ, काठमाडौं। नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त भएको हो ।
बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो ।



