Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तहको चुनाव वैशाख ३० गते

२४ माघ , काठमाडौं । स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ ।

निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि, जेठ ४ गते चुनाव गर्ने विषयमा दलहरूबीच सहमति जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment