१६ भदौ ,काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार राति १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
सरुवा सूची अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तरगत रहेका ९ प्रहरी वृत्तका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी वृत्त महाराजगंजमा अमर थापा क्षेत्री, प्रहरी वृत्त मालीगाउँमा ईन्द्र प्रसाद सुबेदी, प्रहरी वृत्त गौशालामा केशब कुमार थेवे, प्रहरी वृत्त दरबारमार्गमा गोविन्द थापालाई पठाईएको छ ।
त्यस्तै, प्रहरी वृत्त लैनचौरमा चतुर्भुज ओझा, प्रहरी वृत्त स्वयम्भूमा पुर्णिमा कुमारी चन्द, प्रहरी वृत्त बौद्धमा राजु पाण्डे, प्रहरी वृत्त बानेश्वोरमा शिवराज बुढाथोकी र प्रहरी वृत्त जगातीमा दिप्ती कार्कीको सरुवा भएको छ ।






