Comments Add Comment

Advertisment

SKIP THIS

इमान बेचेर कुर्सीमा बस्दिनँ : मन्त्री आले

१६ पुष काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन ।

आज नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर कुर्सीमा नबस्ने बताएका हुन । उनले भने, ‘अब यहाँ जो कोहीलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो मान्छे मनमौजी हुँदा जे पनि गर्छ ।

म जान्नँ भन्दा पनि जबरजस्ती बेलायत लगे । त्यहाँ गएपछि मैले मेरो देशका लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरूसहित फोरममा बोल्ने इच्छा थियो । तर सीईओ रेग्मीले केही पनि छैन बोल्ने कार्यक्रम मन्त्रीज्यू भने ।

त्यस्ता मान्छेलाई सीईओ बनायौँ भने संस्था चल्छ रु सदस्यहरूले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाईँ आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्ता सीईओ बनाएपछि संस्था चल्छ रु म त दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् ।

म नखाने मान्छे साइडमा उभिरहेँ । सीईओले मलाई पनि खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । चार वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म किन्छु भनेर सोच्यो होला, त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका सङ्घ–संस्थामा विकृतिको चाङ भएकाले सम्हाल्नै गाह्रो भइरहेको बताए । उनले पहिला ‘काले काले मिलेर भाले खाए’ पनि अब प्रेम आले आएकाले भ्रष्टाचार हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment