Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री आलेद्वारा ७५६ जनालाई न्यानो लुगा वितरण

६ पुष काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ ।

चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई न्यानो लुगा वितरण गर्नुभएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिए।
मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा लुगा बितरण गरेपछि यहाँका नागरिकहरु निकै खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताए ।

उनले भने, “चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नु भएपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ।”

जिल्लाका अन्य स्थानीयमा रहेका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment