Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

२८ फागुन , काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए । गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहका निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए ।

मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment