Comments Add Comment

Advertisment

SKIP THIS

पठनपाठनमा लगाइएको रोक कायमै राख्ने सीसीएमसीसीको निर्णय

१६ माघ , काठमाडौं । पठनपाठनमा लगाइएको रोक कायमै राख्ने सीसीएमसीसीको निर्णय रहेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको हो ।

शुक्रबार बसेको सीसीएमसीसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो। कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो।

खोप लगाउने अवस्थामा मात्र विद्यालय खोल्न पाउने तर पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा लागाईको रोक कायम राख्न सिफारिस गरिएको उहाँको भनाइ छ। बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै