Comments Add Comment

Advertisment

SKIP THIS

अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ चालक ट्राफिक प्रहरीको कारवाहीमा

२१ माघ , काठमाडौ । काठमाडौंको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २८ वटा सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेका छन् ।

दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारा ११० भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २८ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment