Comments Add Comment

एसएसपी राजेशनाथ बास्तोलाद्वारा ५ दिने अनुशिक्षण तालिमको उद्घाटन

विराटनगर । Technical Analysis Investigation विषयक ५ दिने अनुशिक्षण तालिमको शुभारम्भ भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले बिधिवत रुपमा समुद्घाटन गरेका हुन् ।

५ दिन सम्म संचालन हुने उक्त तालिममा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयबाट र मुद्धा चल्ने प्रहरी ईकाईकाबाट समेत गरी कुल ४० जनाको सहभागिता रहेको छ ।

उक्त तालिममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी उपरीक्षक श्याम कुमार मण्डल सहितको प्राविधिक प्रहरी टोलीले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै