Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं प्रहरी परिसले फेला परेको मोबाईल सेटहरु आफ्नो भएको दाबी गर्न अनुरोध

१६ माघ , काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौंले हराएर भेटिएका मोबाईलको लगत राख्न थालेको छ । बिभिन्न ब्राण्डका मोबाईल सेट फेला परेको सम्बन्धमा सूचना जारी गर्दै मोबाईलको लगत राख्न थालिएको काठमाडौं परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।

No description available.

फेला परेको मोबाईल सेटहरु आफ्नो भएको दाबी गर्न पनि काठमाडौं प्रहरी परिसले अनुरोध गरेको छ । काठमाडौं प्रहरी प्रमुख एएसपी सुदीप गिरिले दिएको जानकारी अनुसार भेटिएका मोबाइलहरु महानगरीय प्रहरी परिसर काठमाडौंको आधिकारिक फेसबुक पेजमा राख्न सुरु गरिएको छ ।

No description available.

भेटिएका मोबाइलहरुको जानकारी प्रहरीको फेसबुक पेजमा ,IMEI नम्बरसहित राखिने हुँदा सम्बन्धित व्यक्तिले पाउन सजिलो हुने एएसपी गिरिले बताए ।

No description available.

बिभिन्न मितिमा चोरी भएका तथा हराएका मोबाईल सेटहरु यस महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ तथा मातहतका प्रहरी बृत्तप्रभागहरुबाट खोजतलास गरिदा फेला परेको हुँदा सम्बन्धित मोबाइल धनीहरुले आ-आफ्नो मोबाइलको कागजपत्र (बिल,बट्टा,IMEI नम्बर ) साथमा लिई यस महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment