Comments Add Comment

प्रहरी प्रभाग सुन्दरीजलको अनुरोध : चिठ्ठा पराे भनेर खुसी नहुनु

१६ जेठ , काठमाडौं । हालै विभिन्न सामाजिक संजालहरु,WHATSAPP,IMO,VIBER,FACEBOOK,MESSENGER तथा व्यक्तिगत फोन नम्बर समेतमा विभिन्न चिठ्ठा तथा लक्की ड्र विजेता बनेको भनि ठुलो रकम जितेको भन्ने भ्रम पारी बैङ्क खाता नम्बर तथा PASSWORD जस्ता विवरण माग गरी बैङ्कमा रहेको रकम निकालिदिने तथा चिने जानेको कुनै आफन्त तथा साथीको नाममा FAKE ACCOUNT खोली विश्वास दिलाइ रकम माग गरी ठगी गर्ने प्रवृत्ति बढ्दै गएकोले सम्बन्धित सम्पूर्ण सर्वसाधारणहरुलाई समयमै सचेत भई आफ्नो व्यक्तिगत विवरण,बैङ्क खाता नम्बर तथा password हरु कोही कसैलाई उपलब्ध नगराउन तथा त्यस्तो शंकास्पद तवरले रकम माग गरेमा वा लोभ लालच देखाइ व्यक्तिगत विवरण माग गरेमा सो को जानकारी नजिकको प्रहरी कार्यलयमा दिन हुन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment