Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

१६ माघ , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गरिएको छ । ओलीलाई कोरोना संक्रमित हुँदाहुँदै बालकोटस्थित रक्तदान कार्यक्रममा संक्रामक रोग ऐन २०२० विपरित सहभागी भएको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कारबाही पत्र पेश गरेका हुन् ।

आफू कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भातृ संगठन युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा हुलहुज्जतसहित सरिक भई आफूलाई सामान्य संक्रमण भएको निवेदनमा भनिएको छ ।

कोरोना संक्रमित ओलीले कोरोना संक्रमण फैलाउनुका साथसाथै भ्रमित अवस्था सिर्जना गरेको भन्दै संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाहीको माग गरिएको छ ।

निवेदन पत्रमा भनिएको छ, ‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार संप्रेशण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौँ । ‘यसरी आफू कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment