Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीले उपत्यकामा ‘नो हर्न’ नियमलाई थप कडा बनाउदै

 

१८ माघ , काठमाडौं । उपत्यकामा ध्वनी प्रदुषण अत्यधिक बढेपछि ‘नो हर्न’ नियमलाई थप कडा पारिने भएको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार, लापरवाही बढेकोले जरिवानालाई थप कडाई गरिने भएको हो ।

‘जरिवाना र कारवाहीको दायरा थप कडा पार्ने तयारीमा छौं,’महानगरीय ट्राफिक प्रहरी प्रवक्ता एसपी संजीव शर्मालेका अनुसार अहिले पनि दैनिक करिब दुई दर्जन जनालाई हर्न बजाएकै कारण कारवाही गरिरहेका छौं ।’ ‘नो हर्न’ कार्यक्रमलाई अझै प्रभावकारी बनाएर सडक शान्त बनाउने काम भइरहेको उनले जानकारी दिए ।

नियम अटेर गर्ने संख्या बढेपछि ट्राफिक प्रहरीले कडा नियम ल्याउँदै छ । एक पटक हर्न बजाउँदा ५ सय, दोस्रो पटक हजार र तेस्रो पटकमा १५ सय त्यसपछि बारम्बार बजाएको पाइएमा लाइसेन्स रद्दसम्मका जरिवाना तोक्ने तयारीमा ट्राफिक प्रहरी पुगेको छ । ट्राफिक प्रहरीका अनुसार, अब ‘हर्न निषेध’ नियम अटेर गर्नेलाई लाइसेन्स रद्दसम्मको कारवाही शुरु गर्ने तयारी छ । उपत्यकामा नीजि र सार्बजनिक सवारीको अत्यधिक चाप छ । सवारी चापका कारण सडकमा ध्वनी प्रदुषण बढेकोले सरकारले हर्न निषेध कार्यक्रम लागु गरेको हो । ०७४ साल बैशाख १ गतेदेखि शुरु भएको यो नियम कार्यान्वयनमा फितलो भएको समाजका बुद्धिजीवीहरुले गुनासो गर्दे आएका छन् ।

सरकारले देशभरका महानगर घोषणा भएका ठुला शहरहरुमा हर्न निषेध कार्यक्रम लागु गरिसकेको छ । तर, यो नियम अझै पुर्ण रुपमा लागु हुन सकेको छैन । हर्न निषेध कार्यक्रम पुर्ण रुपले लागु गर्न सर्बसाधारण माग गर्दै आएका छन् ।

नियम अटेर गर्ने संख्या बढेपछि ट्राफिक प्रहरीले कडा नियम ल्याउँदै छ । एक पटक हर्न बजाउँदा ५ सय, दोस्रो पटक हजार र तेस्रो पटकमा १५ सय त्यसपछि बारम्बार बजाएको पाइएमा लाइसेन्स रद्दसम्मका जरिवाना तोक्ने तयारीमा ट्राफिक प्रहरी पुगेको छ । उपत्यका भित्रका सडक र चोकहरुमा हर्नको आवाजले विदेशी पर्यटक फेरि फर्केर नआउने अबस्था बन्दै गएको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । अस्पताल, नीजि आवास, स्कुल, कलेज लगायतका क्षेत्रमा पुर्ण रुपले ‘हर्न निषेध’ गर्नुपर्ने उपत्यका भित्रका चेतनशिल नागरिकको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै