Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

५ असार, काठमाडौ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा गरी कुल ३३७ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

यस्तै देशभरका जिल्लाहरूमध्ये बागलुङमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बागलुङमा पछिल्लो २४ घण्टामा २२५ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment