१ पुष , काठमाडौ । काठमाडौँँको तारकेश्वर नगरपालिका-३ पाँचमानेमा अवस्थित भुवनेश्वरी मन्दिरले बेग्लै पहिचान र स्वरुप देखाइरहेको छ । २७ ओटा गजुर रहेको यस मन्दिरलाई संसारको सबैभन्दा ठूलो देवीको मन्दिर भनेर पनि चिनिन्छ । साथै उच्च स्थानमा रहेको यस मन्दिर परिसरको विभिन्न कोणबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।
तारकेश्वर नगरपालिका वडा नं. ३, जितपुर, पाँचमानेमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल भुवनेश्वरी मन्दिर तथा दर्शनार्थीहरु ।


काठमाडौं उपत्यकाको उत्तर-पश्चिममा तारकेश्वर नगरपालिका अन्तर्गत तीन पिप्लेबाट नजिकै रहेको भुवनेश्वरी मन्दिरले बेग्लै पहिचान र स्वरुप देखाइरहेको छ ।

रमणीय उच्च स्थानमा रहेको यस मन्दिर परिसरको विभिन्न कोणबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिर पुग्नलाई उपत्यकाको बाइपासबाट लगभग ११ किलोमिटर अगाडि जानु पर्दछ । यस मन्दिरमा पुग्नका छोटो बाटोका लागि तीनपिप्लेबाट सिँढी चढ्नु पर्दछ ।
तीनपिप्ले नजिकै डाँडामा रहेको यस मन्दिर अति नै सुन्दर र आकर्षक रहेको छ । २७ ओटा गजुर रहेको यस मन्दिरलाई संसारको सबैभन्दा ठूलो देवीको मन्दिर भनेर पनि चिनिन्छ । कलात्मक तरिकाले बनाइएको यस मन्दिर निर्माणको श्रेय श्यामबाबालाई जान्छ ।
मन्दिरभित्र प्रवेश गर्न अघि पानीमा खुट्टा डुबाएर जाने प्रचलन रहेको छ । भुवनेश्वरी मन्दिरलाई आधुनिक भएर पनि ज्यादै महत्वपूर्ण शक्तिपीठका रूपमा लिन सकिन्छ ।




