Comments Add Comment

Advertisment

SKIP THIS

सङ्क्रमण दर घट्दै

२१ माघ , काठडमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।

सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ । माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको सङ्क्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ ।

माघ ८ गते २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ मा सङ्क्रमण पुष्टि भएको थियो । हिजो माघ १९ गते बुधबार ११ हजार ५८२ परीक्षणमा तीन हजार ६३७ जनामा सङ्क्रमण भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण दरको अनुपात घटेको बताए । मानिसमा खोप लगाउने र रोगप्रतिरोधात्मक क्षमता बढेकाले सङ्क्रमणमा कमी आएको उनको भनाइ थियो ।

उनले सङ्क्रमण दरको अनुपात घटे पनि जोखिम भने बढेको बताए । हिजो माघ १९ गते सात हजार ५५५ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । अहिले निको हुने दर ९१.६ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै