२१ माघ , काठमाडौं । क्यानसर पीडित एक बालिकालाई सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका प्रमुख एसपी त्रिभुवन विष्टले आर्थिक सहयोग गरेका छन् ।
महाकाली नगरपालिका-१ की १७ वर्षीया ममता कुँवरको उपचारका लागि एसपी विष्टले २२ हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
ब्लड क्यान्सर पीडित कुँवरको हाल काठमाडौं शिक्षण अस्पताल महाराजगञ्जमा उमचार भइरहेको छ । कुँवरको उपचारका लागि उनका परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।



