
१७ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतको मातहत प्रहरी चौकी सेतिबेणीमा कार्यरत प्रहरी हवल्दार लिल बहादुर घर्तिलाई केहि महिनाअघि डियुटीको क्रममा उच्च रक्तचाप भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भएको थियो ।

थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा उपचारको क्रममा हवल्दारको शरीरमा प्यारालाईसिस भई शरिरको बाँया भाग नचल्ने अवस्थामा रहेको र अहिले स्याङ्जाको वालिङमा प्राइभेट अस्पतालमा दैनिक थेरापी गराई रहेका प्रहरी हवल्दारलाई सहयोग स्वरुप जिल्ला प्रहरी कार्यालय पर्वत तथा मातहतमा रहेका बिभिन्न प्रहरी युनिटहरुबाट उपलव्ध सहयोग रकम रु १,४३,८८० (एक लाख तिर्चालिस हजार आठ सय अस्सी रुपैया मात्र) एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रहरी हवल्दारको श्रीमतीलाई हस्तान्तरण गरेका छन ।

साथै ईलाका प्रहरी कार्यालय हुवासबाट समेत सहयोग स्वरुप रकम रु ४९,०००।– सहयोग प्रदान गरेका छन् ।




