Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेबाट अवैध लागूऔषध सहित पक्राउ

२१ माघ, काठमाडौं । प्रहरीले नेपालगंज उपमहानगरपालिका-७ गगनगंज बस्ने आदित्य श्रेष्ठलाई ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार रुपैयाँ सहित बिहीबार दिउँसो पक्राउ गरेको छ । उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै उनकै कोठामा बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षीय गणेश भण्डारी र नेपालगंज उपमहानगरपालिका-७ गगनगंज बस्ने २६ वर्षीय अंकित श्रेष्ठको साथबाट नगद १ लाख ३४ हजार रुपैयाँ फेला पारी प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै