Comments Add Comment

Advertisment

SKIP THIS

जसपा फुटको संघारमा

२६ माघ , काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ ।

अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए । ‘सकेसम्म ५१ प्रतिशत पुर्‍याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ ती नेताले पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।

जसपामा दुई पक्षबीच पहिलेदेखि नै तिक्तता रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ का हेमराज राई पराजित भएपछि भट्टराई पक्ष झनै चिढिएको भएको हो । राईलाई यादव पक्षले मत नदिएको भट्टराई पक्षको दाबी छ । यादवले पार्टी निर्णयबिना प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा मोहम्मद खालिद सिद्धिकीलाई टिकट दिएको पनि भट्टराई पक्षको आरोप छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले एक साताभित्र केन्द्रीय समिति बैठक नभए बहुमतका आधारमा पार्टीको नेतृत्व भट्टराईले गर्ने दाबी गरे ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादवको कार्यशैली ‘तानाशाही प्रवृत्ति’ को भएकाले मान्य नहुने बताए । उनले पार्टीभित्र सामूहिक नेतृत्वको मुद्दा उठेको जानकारी दिए । ‘पार्टीमा तीन अध्यक्ष व्यवस्था गर्नुपर्ने र त्यसमा क्लस्टरअनुसार आदिवासी,खस आर्य र मधेसीलाई समेट्नुपर्ने माग छ,’ उनले भने । कान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै