२६ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीले बढि दुर्घटना हुने स्थानहरुका सडकमा बिशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाईएको र यसरी हुने सडक दुर्घटना कम गर्न महाशाखाले निरन्तर विभिन्न अभियानहरू चलाइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने स्टिकर टाँस्न थालेको साथै ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिनुभयो ।

टल्किने स्टिकर उपत्यकाको विभिन्न सडक खण्डमा राखिएको एसएसपी जोशीले बताउनुभयो । यो अभियान ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले कोटेश्वरको विभिन्न स्थानमा टल्किने स्टिकर टासिंर शुरूवात गरेको बताएका छन् ।

ट्राफिक महाशाखाले कोटेश्वरको मुनिभैरव बालकुमारी,भाटभटेनी ओरालो, बल्खु चोक,सिता पम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानो भर्याङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा टल्किने स्टिकर टाँस्न तथा कोनहरू राखेर यसलाई निरन्तरता दिइने ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीले जानकारी दिएका छन् ।
ट्राफिक महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको बिश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउदै यस प्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिदै अन्य दुर्घटना सम्भाबित सडकहरुमा समेत राख्दै जाने योजना रहेको एसएसपी जोशीले बताएका छन् ।




