२७ माघ ,काठमाडौं । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए ।




