Comments Add Comment

Advertisment

SKIP THIS

पशुपतिनाथ मन्दिर आजबाट खुला, ५० जनाभन्दा बढी प्रवेश निषेध

२८ माघ , काठमाडौं । पशुपतिनाथ मन्दिर आजबाट खुला भएको छ । कोरोनाका कारण दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुला भएको हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको माघ २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी प्रवेश नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको कोषले विज्ञप्ति जारी गर्दै जनाएको छ।विश्‍व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने व्यवस्था मिलाउने कोषको भनाइ छ ।यसअघि ओमिक्रोनको सङ्क्रमण बढेपछि माघ ४ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै