Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा भूमि आयोगले अझै पूर्णता पाएन

२९ माघ , काठमाडौं । गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भएका एक महिना पुगे पनि सदस्यको टुंगो लागेको छैन ।

ठकुरी एकीकृत समाजवादीबाट अध्यक्ष भए । तर, अरु तीन सदस्य केन्द्रबाट मनोनीत भएका छैनन् । बाँकी सदस्य अझै मनोनीत नभएकाले पदेन सदस्यसहित आयोगका काम अगाडि थालिएको ठकुरीले बताए ।

अहिलेसम्म समितिले पूर्णता पाएको छैन । अघिल्लो आयोगबाट सबै कागजपत्र र प्रमाण हस्तान्तरण नभएको उनले बताए ।

ठकुरीले सदस्य मनोनीत हुने बित्तिकै महत्त्वपूर्ण काम अगाडि बढाउने बताए । उनले अहिलेसम्म राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, कोभिड र सदस्यको मनोनयनसँगै बजेटले केही अलमल देखिएको स्वीकार गरे ।

आयोगले पुनः आवेदन खुला गर्ने जनाएको छ । गुल्मीमा ४ सय ३५ भूमिहीन दलित, तीन सय ९० जना सुकुम्वासी र एक हजार चार सय ४४ जना अव्यवस्थित बसोबासोकी तथ्यांक संकलन भएको आयोगका सदस्यसचिव चुन्न प्रसाद ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै